तीन बालिका भारत लैजाँदै गरेका तीन भारतीयसहित चार पक्राउ
nepalpress.com · Mon Jun 30 17:17:32 GMT 2025

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित नेपाल–भारत सीमावर्ती कालीदह नाकाबाट तीन बालिका भारत लैजाँदै गरेका तीन भारतीयसहित चार जना पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
२०८२ साल असार १५ गते दिउँसो साढे ३ बजेतिर शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालीदहबाट खटिएको प्रहरी टोलीले तीन जना नेपाली बालिकालाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको हो । बालिकाहरूलाई अवैध रूपमा सीमा पार गराउन खोज्ने चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)