तनहुँमा ३ जनाको शव भेटियो
barnanmedia.com · Sat Jan 10 23:46:38 GMT 2026

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज ३ वटा शव फेला परेका छन्। आज बिहान शुक्लागण्डकी-५ कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र नजिक २ पुरुष र १ महिलाको शव फेला परेको हो।
मृतकमध्ये एक जनाको पहिचान खुलेको छ भने २ जनाको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। पहिचान खुल्नेमा शुक्लागण्डकी नगरपालिका-११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। उनका अनुसार विक सोही प्रशोधन केन्द्र सञ्चालनको जिम्मा पाएको ग्रिन रोड प्रालिका कर्मचारी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)