मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भन्सार छलीका सामान बरामद

ratopati.com · Mon May 04 19:24:37 GMT 2026

नेपालगन्ज । बाँकेमा प्रहरीले भन्सार छली गरेर ल्याएका रु आठ लाख ४५ हजार बरावरका विभिन्न समान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले फलफूल, लत्ताकपडा, खाद्यान्न, कस्मेटिक समान र हार्डवेयरका सामान बरामद गरिएको जानकारी दिए । ती सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगन्ज पठाइएको उनले बताए । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० बाट ती समान बरामद भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)