मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा जान खुट्टा उचाल्दै रामकुमारी, तनावमा माधव नेपाल

barnanmedia.com · Fri Jul 04 21:40:20 GMT 2025

एमालेबाट छुट्टिने बेला माधवकुमार नेपाललाई दह्रो साथ दिने नेतृ हुन् रामकुमार झाँक्री। एमाले विभाजनका लागि माधवलाई उचाल्नेहरू एकपछि अर्काे साइड लागेपछि रामकुमारीले हात समातेर निर्वाचन आयोगभित्र पुगेको फोटो त्यतिखेर निकै चर्चामा थियो।

तर, अहिले यस्तो अवस्था आइलाग्यो, झाँक्री एकीकृत समाजवादीबाट टाढाटाढा पुगेकी छन्। ०७९ को निर्वाचनमा पराजित भएकी उनी पार्टीमा पनि उदाउन सकिनन्। त्यसपछि पार्टी नेतृत्वप्रति टिप्पणी गरिरहेकी झाँक्री अब एमालेमा जान्छिन् भन्नेमा निकै चर्चा भयो। यद्यपि, झाँक्रीले यो चर्चाको खण्डन गरे पनि एमाले र एकीकृत समाजवादी एकै दल हुनुपर्नेमा उनी राजी छन्। खासगरी झलनाथ खनालसहितका नेताहरु पार्टी एकताको पक्षमा छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)