वाइडबडी जहाज खरिदमा अध्यक्ष र महाप्रबन्धकसहित निगमका ४ जना दोषी ठहर, मन्त्रीले पाए सफाइ
setopati.com · Thu Dec 05 18:01:00 GMT 2024

विशेष अदालतले नेपाल वायुसेवा निगमका दुइटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन अध्यक्ष र महाप्रबन्धकसहित निगम सञ्चालक समितिका चार जनालाई दोषी ठहर गरेको छ। जहाज आपूर्तिकर्तामध्ये सात जना दोषी ठहर भएका छन्।
विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, अध्यक्ष शंकर अधिकारी, भन्सार विभाग महानिर्देशक शिशिर ढुंगाना र सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)