सरकारले सधैँ व्यापारलाई जोड दियो, तर उत्पादन प्राथमिकतामै परेन : विदुषी राणा
shilapatra.com · Sun May 24 12:00:00 GMT 2026

व्यवसायी विदुषी राणाले मुलुकमा उत्पादन र रोजगारी कहिले पनि प्राथमिकतामा नपरेको दाबी गरेकी छन् । शिलापत्र को ‘इकोनोमिक डिजीक्लेभ’काे विशेष बहसमा प्रतिनिधिसभाकी सदस्यसमेत रहेकी राणाले यसअघिका सरकारको प्राथमिकतामा उद्योग र उत्पादन कहिले पनि नपरेकाले दु:ख भोग्नुपरिरहेको बताइन् ।
उनले भनिन्, 'सरकारले सधैँ व्यापारलाई मात्र जोड दियो । उद्योग र उत्पादन कहिले पनि प्राथमिकतामै परेन । उत्पादन गर्न गाह्रो छ, सामान ल्यायो, भटाभट बेच्यो । व्यापारीलाई पनि सहज र सरकारलाई पनि ट्याक्स उठायो बस्यो । तर, उत्पादन गर्ने कुरामा, रोजगारी सिर्जना गर्ने कुरा निकै गाह्रो छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)