मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

व्यवसायी सिद्धिबहादुर राय ठगी आरोपमा पक्राउ

barnanmedia.com · Mon Jul 07 22:45:53 GMT 2025

सर्लाहीमा व्यवसाय गर्ने सिद्धिबहादुर राय क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–११ घर भएका ४३ वर्षीय रायलाई काठमाडौँको फर्पिङबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

‘बागमती साइन्ड प्रोसेसिङ प्लान्ट प्रालि’ का सञ्चालक रायले सर्लाहीमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीविरुद्ध जेठ १४ मा काठमाडौँ जिल्ला अदालतबाट आपराधिक विश्वासघात तथा ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)