ललिता निवास जग्गा प्रकरण : ५ पूर्वसचिवसहित ४०६ विरुद्ध पक्राउ पुर्जी
annapurnapost.com · Sat Jul 08 00:59:37 GMT 2023
काठमाडौं : ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५ पूर्वसचिवसहित ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरू युवराज भुसाल, दीपकुमार बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले बताएको छ।
भुसाल राष्ट्रपति रामचन्द्र पौडेलका सम्धी हुन् भने पन्त पूर्वमन्त्रीसमेत हुन्। पाँचै जना तत्कालीन सचिवहरू नीतिगत निर्णयका आधारमा अनुसन्धानमा तानिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले बतायो। यो प्रकरण मुछिएका राजनीतिक नेतृत्व, न्यायिक नेतृत्व र पूर्वमुख्यसचिवको विषयमा प्रहरीले केही सार्वजनिक गरेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)