‘क्याबिन क्रु’ को हडतालले निगमका चार उडान प्रभावित
ekantipur.com · Sat Oct 05 23:34:18 UTC 2024
काठमाडौँ — ‘क्याबिन क्रु’ (विमान परिचारिका र परिचारक) को हडतालका कारण नेपाल वायुसेवा निगमका चार अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । अवकाशको उमेरहद ४५ बाट ५० वर्ष पुर्याउनुपर्ने माग राख्दै आएका ‘क्याबिन क्रु’ जहाजमा नगएपछि शुक्रबार राति काठमाडौं–दुबई उडान रद्द भयो भने शुक्रबार राति र शनिबारका तीन उडान साढे सात घण्टासम्म ढिला भएका छन् ।
निगमको विमानस्थलस्थित कार्यालयका अनुसार १ सय ५५ यात्रु राखेर शुक्रबार राति साढे ११ बजे दुबई उड्नुपर्ने न्यारोबडी बिहान साढे ३ बजेसम्म ‘क्याबिन क्रु’ को प्रतीक्षामा बसेको थियो । उनीहरू नआउने निश्चित भएपछि यात्रुलाई होटलमा लगेर राखियो । वैकल्पिक व्यवस्था गरेर बिहान पौने १० बजेमात्रै उडान भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)