मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुख्यसचिव अर्याल काममै, पूर्वप्रशासकहरू भन्छन् : ‘कर्मचारीको शिर निहुरियो’

ekantipur.com · Sun Mar 03 00:55:51 GMT 2024

काठमाडौँ — टेरामक्स प्रविधिको उपकरण खरिदमा अनियमितताको आरोप र अनुचित आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव वैकुण्ठ अर्याल नियमित कामकाजमा नै सक्रिय छन् । भ्रष्टाचार अभियोग लागेर अदालतमा मुद्दा विचाराधीन रहेका र गैरकानुनी सम्पत्तिसहित दर्जन कसुरमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका विकल पौडेलसँग मुख्यसचिव अर्यालले सन्दिग्ध आर्थिक कारोबार गरेका तथ्यहरू बिहीबार कान्तिपुरले सार्वजनिक गरेको थियो ।

टेरामक्स प्रकरणमा अर्याल आफैं पनि अख्तियारको अनुसन्धानमा छन् । टेरामक्स प्रकरणको अनुसन्धान जारी रहेकै बेला मुख्यसचिव अर्यालले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसँग दुई पटकमा गरी १४ लाख रुपैयाँ तेस्रो व्यक्तिको बैंक खातामार्फत बुझेको खुलासा भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)