मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली–देउवा भेटवार्ता - सहकार्य गरौँ, चाँडै चुनावमा जाऔँ : ओली, सहकार्य हुँदैन, विश्वासको मत दिन्नौँ : देउवा

nayapatrikadaily.com · Thu May 06 00:24:00 GMT 2021

प्रधानमन्त्री केपी ओलीले मुलुकलाई चाँडो निर्वाचनमा लैजान र त्यसका लागि सहकार्य गर्न कांग्रेससँग प्रस्ताव गरेका छन् । बुधबार पार्टी नेतासहित बुढानीलकण्ठ पुगेर विपक्षी दलका नेता शेरबहादुर देउवासँग संवाद गरेका प्रधानमन्त्री ओलीले विश्वासको मत दिन आग्रह गर्दै सत्तासाझेदारीसहित चाँडो चुनावको प्रस्ताव गरेका हुन् ।

संसद्मा विशेष अधिवेशनमार्फत २७ वैशाखमा विश्वासको मत लिने निर्णय लिएका ओलीले सहकार्यको प्रस्ताव गरे पनि कांग्रेस नेताहरूले विश्वासको मत दिन नसकिने स्पष्ट पारेका छन् । अन्य प्रस्तावमा भने प्रधानमन्त्री ओलीले लोकतान्त्रिक चरित्र देखाए ‘सोच्न’ सकिने कांग्रेस नेताको आश्वासन थियो । एमालेभित्रै खनाल–नेपाल समूहको असहयोगले ओली विश्वास मत हासिल नहुने भयमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)