मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फौजदारी मुद्दालाई राजनीतिकरणले नपुगेर प्रहरीलाई चिढ्याउन थाले रवि

barnanmedia.com · Mon Dec 09 22:25:38 GMT 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने यतिखेर प्रहरी नियन्त्रणमा छन् । देशका पाँच जिल्लामा रहेका पाँचवटा सहकारीको रकम संगठित तवरले ठग्ने गिरोहमा सामेल रहेको उनीमाथि मुख्य आरोप छ । जीबी भनिने गितेन्द्रबाबु राई यसका समूहका मुख्य व्यक्ति रहेको र रवि पनि त्यसमा संलग्न देखिएको प्रहरीको आरोप छ । संसदीय विशेष समितिले पनि छानबिन प्रतिवेदनमा यही लेखेको छ ।

अहिले रविमाथि जुनजुन सहकारी प्रकरणमा अनुसन्धान भइरहेको छ, ती कुनै पनि नयाँ होइनन् । बरू उनलाई ढिलो गरी पक्राउ गरियो । उनलाई पक्रेर अनुसन्धान गर्नुपर्ने प्रहरीले दुई वर्षभन्दा बढी समय उल्टै ल्यालुट हानिरह्यो । सुरक्षा दिइरह्यो । अझ भन्दा चाकडी बजाइरह्यो । कतिसम्म भने पोखरा जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीलाई जाहेरी नै होइन भनेर पनि प्रहरीले उनलाई जोगाइरह्यो । संसदको राज्य व्यवस्था समितिमा रविको संलग्नता छैन र उजुरी पनि कतै आएको छैन भन्ने प्रहरीका आईजीपी अहिले पनि पदमै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)