फूलपातीमा भैरहवा उडान गर्दै निगमको एयरबस
ekantipur.com · Mon Oct 07 23:57:34 UTC 2024
काठमाडौँ — आन्तरिक उडानमा यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमको न्यारोबडीले फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ । यो उडानमा भैरहवा जाँदा ७ हजार र फर्किंदा ३८ सय ९० रुपैयाँ भाडा तोकिएको छ । यो रुटमा बुद्ध, यती र श्रीले न्यूनतम ५२ सयदेखि अधिकतम ८४ सय रुपैयाँ हवाई भाडा लिने गरेका छन् ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले निगमको न्यारोबडी विमानलाई फूलपातीका दिन उडान अनुमति दिएको बताए । ‘यो स्पेसल चार्टर उडान हुनेछ । काठमाडौंबाट ११ बजे उड्ने विमान भैरहवाबाट साढे १२ बजे यात्रु लिएर काठमाडौं फर्किने तालिका स्वीकृत भएको छ ।’ फूलपातीको दिन एकसाथ १५८ जना निगमको न्यारोबडीमा जान पाउनेछन् । बुद्ध, यती र श्रीले हाल ७२ सिट हाराहारीका जहाजबाट सेवा दिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)