खैरो हिरोइनसहित कञ्चनपुरबाट एकजना पक्राउ
baahrakhari.com · Tue Dec 30 17:57:14 GMT 2025

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ पवित्र बस्तीस्थित डेरा गरी बस्ने २९ वर्षीय कर्णबहादुर बोहरालाई लागुऔषध खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले मंगलबार बोहरालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार डडेल्धुराको आलिताल गाउँपालिका–७ भाँडी स्थायी घर भएका बोहराले कोठाभित्रै लागुऔषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गुलरिया र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कैलालीको संयुक्त टोली परिचालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)