मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुन तस्करी छानबिन आयोग अलमलमा

ekantipur.com · Mon Dec 18 01:10:21 GMT 2023

काठमाडौँ — विद्युतीय चुरोट (भेप) र सवारीसाधनका ब्रेक सुलगायतमा लुकाएर भित्र्याइएको सुन तस्करी प्रकरणका २९ अभियुक्तहरू यतिबेला पुर्पक्षका क्रममा कारागारमा छन् । दुई जना तारिखमा छुटेका छन् भने तस्करीका मुख्य केही व्यक्ति अझै फरार छन् ।

पुर्पक्षका क्रममा जेल पुगेकालाई अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखाएको छ । भेप र ब्रेक सुमा लुकाएर ११ महिनाको अवधिमा ३ सय ६३ केजी सुन भित्रिएको पुष्टि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिसकेको छ । त्यसकै आधारमा दायर मुद्दा यतिबेला जिल्ला अदालतमा विचाराधीन छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)