मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविलाई प्रश्नः रास्वपाकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन कसरी राजनीतिक प्रतिशोध?

barnanmedia.com · Thu Dec 12 21:51:02 GMT 2024

संसदीय छानबिन विशेष समितिले तयार गरेको सहकारी छानबिन प्रतिवेदन सार्वजनिक भएको तीन महिनापछि रास्वपा सभापति रवि लामिछानेले अनौँठो टिप्पणी गरेका छन्। सहकारी ठगी प्रकरणमा झन्डै दुई महिना अघि पक्राउ परेका रवि यसअघि राज्यले प्रतिशोध साँधेको भन्दै आएका थिए। त्यति मात्र होइन संसदीय छानबिन समितिले सभामुखलाई प्रतिवेदन बुझाएको दिन ३० भदौमा संसदबाट बाहिरिँदै उनले क्लिन चिट पाएको दाबी गरेका थिए।

तर, प्रहरी हिरासतमा रहेका रवि अहिले अदालतमा नै झुटो बोल्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले म्याद थपका लागि बिहीबार जिल्ला अदालत कास्की लगेको थियो। म्याद थप बहसमा उनले सहकारी संस्थाको बचत हिनामिनाको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले आफूविरुद्ध राजनीतिक प्रतिशोध साधेको बताए। ‘सूर्य थापा सुनियोजित कथाका रचनाकार हुन्, एकदमै सुनियोजित हिसाबले लेखिएको कथा हो। अहिले त्यही छायाकंन हुँदैहुँदै मध्यान्तरसम्म आइपुगेको छ,’ इजलासमा रविले भनेका छन्, ‘उहाँले जहा–जहाँ जानुपर्छ, अनुसन्धान हुनुपर्छ भन्नुभएको थियो, त्यहाँ त्यहाँ लगिएको छ। त्यसैले पनि यो सुनियोजित हो।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)