मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाइनिज पेस्तोल, विभिन्न घरेलु हतियार र लागुऔषधसहित सुर्खेतबाट दुई पक्राउ

rajdhanidaily.com · Fri Jul 18 23:23:00 GMT 2025

सुर्खेत । प्रहरीले विभिन्न हतियार र ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले विहीबार राती वीरेन्द्रनगर ८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरेलाई सोही ठाउँको राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट एक थान सेमी–अटोमेटिक चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने दुई थान म्यागजिन, १२ राउन्ड गोली, चार थान खुकुरी, दुई थान चक्कु, एकथान बञ्चरो, एक थान स्टिल स्टिक र एक हजार ४२६ ट्याब्लेट ट्रामाडोल र नाइट्राजेपाम, प्रतिबन्धित वन्यजन्तु जरायोको सिङ बरामद गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)