सुनकाण्डमा संलग्नताको खबर आएपछि पूर्वप्रहरी महानिरीक्षक पुगे प्रेस काउन्सिल
nepalkhabar.com · Thu Aug 10 16:15:17 GMT 2023
नेपाल प्रहरीका पूर्व महानिरीक्षक धिरजप्रताप सिंह सय किलो सुनकाण्डमा आफ्नो नामा जोडेको भन्दै काठमाडौँपाटी डटकमविरुद्ध प्रेस काउन्सिल पुगेका छन्।
रोशनबहादुर खड्का सम्पादक रहेको काठमाडौँपाटीविरुद्ध सिंहले बिहीबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन्। सिंहले काठमाडौँपाटी अनलाइनले २१ साउनको एउटा खबरमा आफ्नो नामसमेत सुन तस्करी प्रकरणमा जोडेको भन्दै सो खबरबाट आफ्नो प्रतिष्ठामा चोट पुर्याएकाले कारबाहीको माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)