नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ आइतबार
ekantipur.com · Fri Jul 12 17:07:35 UTC 2024

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ आइतबार गर्ने तयारी गरेका छन् । संसद्को पहिलो दल कांग्रेसका ८८ र आफ्नो दल एमालेका ७७ गरी १ सय ६५ सांसदसहित शुक्रबार प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी गरिसकेका छन् ।
ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि राष्ट्रपतिले केपी ओलीलाई आइतबार नियुक्त गर्न सक्ने बताए । नयाँ प्रधानमन्त्रीको शपथ आइतबार नै हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)