१३४ विकासोन्मुख देश नेपालको न्यायको पक्षमा
annapurnapost.com · Thu Sep 10 00:37:55 GMT 2026

काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित नेपालका लागि जलवायु वित्त सहयोग जुटाउने प्रयासले अन्तर्राष्ट्रिय तहमा चासो बढेको छ। हानि–नोक्सानी प्रतिकार्य कोषमा रहेका साना टापु विकासशील राष्ट्रहरू र ल्याटिन अमेरिका–क्यारिबियन समूहले नेपाललाई तत्काल सहयोग गर्न प्रतिबद्धता जनाएका छन्।
साना टापु राष्ट्र समूहका बोर्ड सदस्यद्वय पिटर जर्ज अब्राहम जुनियर (एन्टिगुवा एन्ड बार्बुडा) र आइज्याक ग्लासी राएन (कुक टापु) तथा वैकल्पिक सदस्यद्वय लौरा एलिजाबेथ अगाथिन (सेशेल्स) र अहमद वाहिद (माल्दिभ्स) ले ८ सेप्टेम्बरमा पत्र पठाएका हुन्। उनीहरूले अल्पविकसित मुलुक समूहका अध्यक्ष एम्बासेडर आदाओ सोरेस बार्बोसा र नेपालका बोर्ड सदस्य डा. महेश्वर ढकाललाई पत्र लेख्दै दरिलो समर्थन जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)