प्रचण्डको विश्लेषण : अर्थतन्त्रलाई एक धक्का दिएर लान सके विरोधका स्वरहरू आफैँ कम हुन्छन्
ratopati.com · Mon Dec 04 23:48:00 GMT 2023
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा सहभागी भएर स्वदेश फर्किएको भोलिपल्ट सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मूलधारका सञ्चारमाध्यमका सम्पादकहरूसँग खुलेर प्रस्तुत भए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले आफ्नो संयुक्त अरब इमिरेट्स (दुबई)को भ्रमण सफल भएको मात्रै बताएनन् प्रधानमन्त्री भएययता भएका भारत, इटाली, चीन र अमेरिकासम्मको भ्रमणले अन्तर्राष्ट्रिय राजनीतिमा नेपालको पहिचान बढाउने कुरा भएको दाबी गरे । ‘नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सहयोग जुटाउन पहल भएको छ । कूटनीतिक सन्तुलन कायम गर्ने विषयलाई केन्द्रमा राखेर भारत, चीन, अमेरिका, इटाली र कोपमार्फत पहल भएको छ ,’ प्रधानमन्त्रीको भनाइ थियो । तर, यी पहलकदमीलाई अब कर्मचारी संयन्त्रमार्फत निरन्तर फलोअप र कार्यान्वयनमा लैजाने गरी काम हुनुपर्नेमा उनको जोड दिए ।
साथसाथै प्रधानमन्त्री प्रचण्डले वर्तमान व्यवस्थाको विरोधमा भएको आन्दोलनका बारेमा पनि आफ्नो धारणा राखे । सो क्रममा सरकार र राजनीतिक दलहरूले जनताको पक्षमा काम गरेर प्रतिगामी शक्तिहरूलाई जवाफ दिन सक्नुपर्ने धारणा राखे । यस्तै टिकटक बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न सकिनेसम्मको सकारात्मक जवाफ दिएका प्रचण्डले अर्थतन्त्र चलायमान बनाउन सरकार गम्भीर ढङ्गले लागिपरेको स्पष्ट पारे। अर्थतन्त्र कागजमा ठिकठाक देखिए पनि व्यवहारमा हालत खराबको अवस्था रहेकाको उनको स्वीकारोक्ति थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

नेपाल दूरसञ्चार प्राधिकरण
टिकटक