कामदारको कोषबाट मनलाग्दी खर्च
annapurnapost.com · Tue Aug 10 06:48:00 GMT 2021
काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा जाने कामदारसँग उनीहरूकै हितमा खर्च गर्न भनेर रकम लिन्छ। दुई वर्षको श्रम स्वीकृति पाउनेले १ हजार ५ सय र त्योभन्दा बढी अवधि हुनेले २ हजार ५ सय बुझाउँछन्। त्यो रकम वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा हुन्छ। तर, कोषको रकम मनलाग्दी खर्च भइरहेको पाइएको छ।
वैदेशिक रोजगार बोर्डले कोषबाट बर्सेनि १ अर्बभन्दा बढी बजेट खर्च गर्दै आएको छ। गत आर्थिक वर्ष १२ नेपाली नियोगमा साढे ५ करोड रुपैयाँभन्दा बढी रकम पठाएको देखिन्छ। तर, शव व्यवस्थापन शीर्षकमा रकम पठाए पनि केही देशमा मृतकको संख्या भने शून्य छ। प्रायः दूतावासले त्यसको फछ्र्योट पनि गरेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)