सम्पत्ति शुद्धीकरणसम्बन्धी विद्यमान कानुनी व्यवस्थाले व्यवसायी त्रासमा : चेम्बर
annapurnapost.com · Thu Jun 18 04:20:59 GMT 2026

काठमाडौं : निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले व्यवसायी तथा लगानीकर्ताको मनोबल बढाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको छलफल तथा संवाद कार्यक्रममा अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन लगानीकर्ताको मनोबल बढाउने वातावरण आवश्यक रहेको बताए। उनले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटले सकारात्मक संकेत दिए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको धारणा राखे।
अध्यक्ष अग्रवालले सम्पत्ति शुद्धीकरणसम्बन्धी विद्यमान कानुनी व्यवस्थाले व्यवसायीहरूमा अनावश्यक त्रास सिर्जना गरेको उल्लेख गर्दै नीतिगत स्थिरता र लगानी सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिए। ‘२०६४ सालमा सम्पत्ति शुद्धीकरण ऐन लागू हुनुपूर्व सदियौंदेखि वैधानिक तवरले उद्योग, व्यापार कृषि एवं पुख्र्यौली हस्तान्तरणबाट आर्जित सम्पत्तिको कुनै प्रमाणित आधार (अभिलेख) राज्य संयन्त्रबाट कहिल्यै हुन सकेन,’ उनले भने। उनले सार्वजनिक सवारीसाधन दर्ता रोक्कासम्बन्धी निर्णयले अटोमोबाइल क्षेत्र प्रभावित भएको भन्दै पूर्वसूचना र परामर्श बिना नीति परिवर्तन नगर्न सरकारलाई आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)