केपी शर्मा ओली आइतवार प्रधानमन्त्रीमा नियुक्त हुँदै
kalakarmi.com · Fri Jul 12 17:32:55 UTC 2024

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा नियुक्तीका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दावी पेस गरेका छन् । यसअघि शुक्रवार राति नै राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।
त्यसलगत्तै एमाले अध्यक्ष ओली कांग्रेस सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ तथा दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दावी पेस गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)