मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किशोरी हत्याका आरेपित ५८ वर्षीय भण्डारी सार्वजनिक

barnanmedia.com · Sun Oct 13 22:39:41 UTC 2024

काठमाडौँ, २८ असोजः डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई आइतबार सार्वजनिक गरिएको छ । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षिय आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरिएको हो ।

अमरगढी नगरपालिका–७ की बालिका भट्टराईको हत्या गरिएको थियो । डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)