कर्तव्यको यात्रा: रसुवा–भोटेकोशी बाढी विपद् उद्धारको सम्झना
arthasansar.com · Thu Sep 10 06:20:08 GMT 2026

महेन्द्र दर्नाल
बिहानको चिया पिउँदै सहकर्मीहरूसँग दिनको गतिविधि र क्रियाकलापबारे छलफल गर्दै थिएँ। अपराध अनुसन्धान विद्यालय, महाराजगन्जस्थित क्यान्टिनमा सधैँजसोको दिनचर्या थियो मेरो। प्रहरी कर्मचारीहरूलाई अपराध अनुसन्धानसम्बन्धी उन्नत तालिम कसरी प्रभावकारी बनाउँदै लैजाने भन्ने विषयमा सहकर्मी एवम् अग्रज अधिकृतहरूसँग छलफल चलिरहेको थियो। छलफलकै क्रममा क्यान्टिनमा रहेको टेलिभिजनमा एकाएक बाढीका दृश्यहरू देखेँ। एकछिन त त्यो दृश्यलाई विश्वास नै गर्न सकिनँ। कुन देशको, कुन ठाउँको घटना होला जस्तो लाग्यो। टिभीको आवाज बढाउन लगाएर अलि ध्यान दिएर सुनेँ। बाढी त रसुवामै पो आएको रहेछ! त्यत्रो ठूलो, भयावह र विकराल बाढी मेरो सोचभन्दा बाहिरको थियो। त्यो दृश्यले मन भारी र विक्षिप्त बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)