चुनावी गठबन्धनबारे काँग्रेसभित्र देखियो दुई कित्ता
ratopati.com
सत्ताधारी दल नेपाली काँग्रेसभित्र चुनावमा गठबन्धन बनाएर लड्ने कि एक्लै लड्ने भन्नेमा बहस सुरु भएको छ । निकट भविष्यमै स्थानीय तहको निर्वाचन र लगत्तै प्रदेश तथा संघीय निर्वाचन हुन लागेको सन्दर्भमा काँग्रेसमा यो विषयमा बहस सुरु हुन थालेको हो । पार्टीको १४ औं महाधिवेशनबाट पराजित शेखर कोइराला समूहले पार्टीलाई बलियो बनाएर एक्लै चुनाव लड्नुपर्ने तर्क गर्दै आएको छ भने संस्थापन पक्षले वर्तमान सत्ता गठबन्धनलाई चुनावसँगै लिएर जाने पक्षमा देखिएको छ ।
काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा स्वयमले समेत सत्ता गठबन्धनलाई चुनावसम्म लैजाने अभिव्यक्ति दिँदै आएका छन् । उनले सत्ता गठबन्धन नटुट्ने धारणा समेत राख्दै आएका छन् । यतिमात्रै नभइ देउवाले महाधिवेशनअघि आफू सभापतिमा निर्वाचित नभए सत्ता गठबन्धन नै नरहन सक्ने धारणा समेत राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)