सुप्रिमको ७८ करोड ठगी प्रकरण: दीपेश पुनमाथि अनुसन्धान सुरु
ekantipur.com · Sun Mar 17 00:30:39 GMT 2024
बुटवल — बुटवलको सुप्रिम बचत तथा ऋण सरकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा प्रहरीले सहकारीका पूर्वसचिव दीपेश पुनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । सहकारीमा कोषाध्यक्ष र सचिवका रूपमा व्यवस्थापनको जिम्मेवारीमा रहेकाले उनी अनुसन्धानमा तानिएका हुन् । दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा हुन् ।
पीडितले सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु (जीबी) राई र सचिव पुनलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै आएका थिए । सुप्रिम सहकारीका यसअघि पक्राउ परेका अध्यक्ष ओमप्रकाश गुरुङ, भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईं, पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक कुमार रम्तेल र आईटी प्रमुख भविश्वर अर्यालसँगको बयानका आधारमा प्रहरी केन्द्रीय कार्यालयले शुक्रबार काठमाडौंबाट पुनलाई पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)