रोमाञ्चक खेलमा अफगानिस्तानलाई हराउँदै ‘सुपर फोर’ मा पुग्यो श्रीलंका
ratopati.com · Tue Sep 05 22:58:00 GMT 2023
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको महत्वपूर्ण खेलमा श्रीलंकाले अफगानिस्तानलाई दुई रनले हराएको छ । उक्त नतिजासँगै समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्न सफल भएका छन् । अफगानिस्तान भने समूहगत चरणबाट घर फर्किएको छ ।
यसअघि समूह ‘ए’ बाट आयोजक पाकिस्तान र भारत प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगेका थिए । पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपाल भने समूहगत चरणबाटै बाहिरिएको थियो । समूह ‘ए’ को अधिकांश खेल वर्षाबाट प्रभावित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)