मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविविरुद्ध प्रमाण जुटाएर मुद्दा दायर हुँदै, रवि भने प्रमाण खै भन्दैछन्

barnanmedia.com · Tue Dec 17 21:40:08 GMT 2024

रवि लामिछाने सन् २०१३ को अप्रिलमा न्युज ट्वान्टी फोर टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर गिनिज वर्ल्ड रेकर्ड्स कायम गरेका व्यक्ति हुन्। त्यही भएर होला उनी जस्तोसुकै विषयमा तर्क गर्न माहिर छन्। मिडिया छाडेर राजनीतिमा होमिएका रवि दुई महिनादेखि प्रहरी हिरासतमा छन्। कारण हो, ग्यालेक्सी फोरके टिभी चलाउन जिबी राई समूहले अवैध रुपमा सहकारीबाट ल्याएको ऋणमा संलग्न भएकाले। रवि टिभीको प्रबन्ध निर्देशक मात्र थिएनन्,सेयर सदस्य पनि थिए।

सेयर सदस्यसमेत रहेकाले उनीविरुद्ध सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा चल्दैछ। सोमबार मात्र प्रहरीले पोखराको सूर्यदर्शन सहकारी ठगीमा रविसहित ५१ जनाविरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरिसकेको छ। सरकारी वकिलको कार्यालयले यसै साता जिल्ला अदालत कास्कीमा मुद्दा चलाउनेछ। तर, रवि भने आफूविरुद्ध के प्रमाण छ भन्दै अदालतमै प्रश्न गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)