अपहरण, बलात्कार, हत्या र बेपत्ता : आमाद्वारा न्यायको अपिल
rajdhanidaily.com · Tue Dec 17 23:07:13 GMT 2024

राजविराज । सप्तरी डाक्नेश्वरी नगरपालिका–१ कविलासा गाउँकी ५५ वर्षीया चन्दरदेवी साहले १९ वर्षीया छोरी सन्तोषीको अपहरण, बलात्कार र हत्या तथा १७ वर्षीय छोरा आशिषलाई बेपत्ता पार्नेमाथि कडा कारबाही माग गरेकी छन् । छोरी सन्तोषीको बलात्कारपछि हत्या तथा छोरा आशिषलाई बेपत्ता बनाएको ३ वर्ष पुरानो घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरपछि मंगलबार सप्तरी सदरमुकाम राजविराज आएकी उनले सञ्चारकर्मीसँग ‘दोषीमाथि कडा कारबाही हुनुपर्ने’ माग गरेकी हुन् ।
प्रहरीले आरोपीमध्येका सोही वडाका धीरेन्द्रकुमार साहलाई ११ दिनअघि पक्राउ गरेको थियो । साह गत १६ मंसिरमा सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)