पहिलो जितको खोजीमा चेक रिपब्लिक र दक्षिण अफ्रिका
onlinekhabar.com · Thu Jun 18 11:17:48 GMT 2026

४ असार, काठमाडौं । चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को आफ्नो पहिलो खेलमा पराजय बेहोरेका थिए । बिहीबार राति एट्लान्टास्थित मर्सिडिज बेन्ज रंगशालामा नेपाली समयअनुसार ९:४५ बजे यी दुईले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।
बफाना बफानालाई उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले २–० ले पराजित गरेको थियो । सात घण्टापछि दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २–१ को पुनरागमन जित हासिल गर्यो । युइएफए छनोटको प्लेअफमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै चेक रिपब्लिकले २० वर्षपछि विश्वकपमा पुनरागमन गरेको थियो । २००६ जर्मनी विश्वकपमा समूह चरणबाट बाहिरिएको चेक रिपब्लिक स्वतन्त्र राष्ट्र भएयता दोस्रोपटक विश्व फुटबलको महाकुम्भमा सहभागिता जनाइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
फिफा
काठमाडौँ
युरोकप