स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित भारतबाट आइरहेका दुई जना पक्राउ
onlinekhabar.com · Thu Jun 18 13:54:43 GMT 2026

४ असार, काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३२ लाख नगद बोकेर भारतबाट नेपाल आइरहेका दुई जना प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ । सर्लाहीको मलंगवा नगरपालिका– १० स्थित झिम पुल नजिकैबाट ती दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका– ३ का २८ वर्षीय गुडुकुमार यादव र २४ वर्षीय रुपेशकुमार यादव छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)