मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साँझ काठमाडौँमा पक्राउ परेका लामिछानेलाई प्रहरीले रातिनै पोखरा पुर्‍यायो

barnanmedia.com · Fri Oct 18 21:48:37 UTC 2024

प्रहरीले शुक्रबार साँझ काठमाडौँबाट नियन्त्रणमा लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्‍याएको छ । प्रहरीले लामिछानेका समर्थकहरूको नाराबाजी र विरोध प्रदर्शनका बीच लामिछानेकै चाहनाबमोजिम सडकमार्ग भएर रातारात पोखरा पुर्‍याएको हो ।

लामिछानेलाई प्रहरीले लैजाँदै गर्दा ठाउँ-ठाउँमा उनका समर्थक र रास्वपाका नेता कार्यकर्ताहरूले नाराबाजी र विरोध प्रदर्शन गरेका थिए । राति करिब ३ बजे लामिछानेलाई पोखरा पुर्‍याएको प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । लामिछानेलाई प्रहरीले हिरासतमा लिएपछि समेत रास्वपाका कार्यकर्ताहरूले नाराबाजी गरेका छन् । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा लगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)