मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वगृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा 

ekantipur.com · Fri Oct 18 21:49:18 UTC 2024

काठमाडौँ — सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा लगेको हो ।

लामिछानेलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परिक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो । उनी अहिले हिरासतमा छन् । राती करिब २:४५ बजेतिर कार्यालय प्रवेश गराइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)