राइड सेयरिङविरुद्ध यातायात व्यवसायी आन्दोलित
rajdhanidaily.com · Thu Jul 25 23:28:25 UTC 2024

पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके । जसका कारण यहाँ ट्राफिक व्यवस्थापनमा समस्या भएको थियो ।
राइड सेयरिङविरुद्ध सुरुआतदेखि नै विरोधमा उत्रिएका उनीहरु गण्डकी सरकारले राइड सेयरिङलाई बढावा दिँदै कार्यविधि बनाउन थालेको थाहा पाएपछि शृङ्खलाबद्ध आन्दोलन थालेका हुन् । निजी सवारीसाधन भाडामा लगाउँदा सार्वजनिक यातायात व्यवसायीलाई धराशायी बनाइएको व्यवसायीहरुको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)