मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३५ दिनपछि उडेको थियो सौर्यको जहाज

ekantipur.com · Thu Jul 25 23:54:02 UTC 2024

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटनामा परेको सौर्य एयरको सीआरजे जहाज ३५ दिनयता उडानमा नभएको देखिएको छ । मुख्य ‘ल्यान्डिङ गियर’ फेर्नुपर्ने समय भएकाले उक्त जहाजलाई असार ४ पछि उडाइएको थिएन । ‘ल्यान्डिङ गियर’ फेरेपछि थप मर्मतका लागि जहाज बुधबार पोखरा उड्दै थियो ।

नागरिक उड्डयन प्राधिकरणका एक उडान निरीक्षकका अनुसार त्यस जहाजले अन्तिम व्यावसायिक उडान भद्रपुर र विराटनगरका लागि गरेको थियो । जसलाई सौर्यका उपमहाप्रबन्धक उमेश आचार्यले पनि पुष्टि गरेका छन् । ‘जहाजको ल्यान्डिङ गियर मर्मत क्यालेन्डर विधिअनुसार १८ जुन (असार ४) पछि रोक्नुपर्ने भएकाले व्यावसायिक उडानमा प्रयोग गरिएको थिएन,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)