रास्वपा सभापति रविविरुद्ध ३ कसुरमा मुद्दा
rajdhanidaily.com · Sun Dec 22 23:26:35 GMT 2024

पोखरा । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत ४४ जनालाई प्रतिवादी बनाएर अन्ततः कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । तीमध्ये केही कम्पनी पनि छन् ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालयले पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दा, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दामा थप ४४ जनालाई प्रतिवादी बनाएर कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ माग दाबीसहित ४ सय २७ पृष्ठ लामो पूरक अभियोगपत्र दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)