मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मानवअधिकार दिवसमा नेपाल बारको घोषणापत्र : जबराको बहिर्गमन नै न्यायालय सुधारको प्रस्थान बिन्दु

nayapatrikadaily.com · Sat Dec 11 00:18:00 GMT 2021

नेपाल बार एसोसिएसनको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमन नै न्यायपालिका सुधारको प्रथम बिन्दु भएको ठहर गर्दै महाअभियोग लगाउन माग गरेको छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बारको मानवअधिकार तथा जनसरोकार समितिले शुक्रबार मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमार्फत १६ बुँदे घोषणापत्र जारी गर्दै महाअभियोगको माग गरेको हो ।

‘न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको सम्बन्धमा नेपाल बार एसोसिएसन एवं न्याय क्षेत्रका विभिन्न निकायद्वारा भइरहेको आन्दोलनको विषयमा नेपाल सरकार, सार्वभौम संसद् एवं राजनीतिक दलहरूले अनदेखा गरी बसिरहेको सन्दर्भमा न्यायपालिकाको गरिमा बचाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनका लागि संवैधानिक दायित्व बहन गर्न यो सम्मेलन नेपाल सरकार, सार्वभौम संसद् एवं राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ घोषणापत्रको आठौँ बुँदामा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)