मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडकमा मास देखाएर अदालतलाई प्रभावित पार्ने रविको रणनीति असफल, छवी जोशीको नियति भोग्दै

barnanmedia.com · Sun Oct 20 22:05:19 UTC 2024

सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुअघि र पक्राउ पर्दा अराजक अभिव्यक्ति दिएका रास्वपा सभापति रवि लामिछानेले गत शुक्रबार पोखरा जान सडकमार्ग रोजे। कारण थियो, सडकमार्गबाट जाँदा ठाउँठाउँमा प्रहरीमाथि अवरोध हुन्छ, समर्थकहरु नाराबाजाी गर्छन्। भयो पनि त्यही पृथ्वीराजमार्ग भएर पोखरा लैजादा राति उनका समर्थक सडकमा आए। शनिबार अदालत बन्द थियो, रास्वपाले पोखरामा विरोध प्रदर्शन गर्यो। देशका अन्य क्षेत्रमा पनि प्रदर्शन भएको थियो।

अझ म्याद थपका लागि प्रहरीले कास्की जिल्ला अदालत लैजादा पोखरा तनावग्रस्त थियो। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा पनि विरोध भयो। अझ रविले अझ अराजक अभिव्यक्ति दिए। ‘यो सरकारविरुद्ध देशभरबाट उत्रन सबैलाई उत्रन आह्वान गदर्छु, केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ, त्यसकारणले यो अधिनायकवादी सरकारविरुद्ध यही वेलामा देशैभरिबाट जो–जो जहाँ–जहाँ हुनुहुन्छ, मेरो लागि होइन, देशको लागि बाहिर निस्कनुपर्ने वेला आउन सक्छ, म सबैलाई अपिल गर्न चाहन्छु,’ उनले अपिल गरे। रास्वपाले हरेक जिल्लाबाट एक सय जनालाई पोखरामा आउन उर्दी जारी गरिसकेको छ। रास्वपाको सिंगो शक्ति पोखरामा छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)