मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिक दलको मिलिभगतमा भ्रष्टाचार, भ्रष्टाचारीलाई जोगाउनेगरी हदम्याद राख्ने तयारी

barnanmedia.com · Mon Aug 12 21:28:39 UTC 2024

नेपालमा राजनीतिक दल, अझ भनौँ गनेका नेताहरुको मिलिभगतमा भ्रष्टाचार हुन्छ। त्यही भएर बेलाबेला माग उठ्ने गर्छ ०४७ यताका सबैमाथि छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्न। पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टीले ०४७ यताका सबै काण्ड र अहिलेका सबै सांसदमाथि छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठनको माग गरेको थियो।

सभापति रवि लामिछाने संलग्न सहकारी ठगीको विषयमा छानबिन भइरहेका बेला रास्वपाले यस्तो माग अघि सारेको थियो।तर, कुनै सरकारले पनि हिम्मत गर्न सकेको छैन, ०४७ सालदेखिका सबै काण्डको छानबिन गर्ने।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)