ेसंकटमा परेको रास्वपा डिपीको काँधमा, स्वर्णिमले के गर्लान्?
barnanmedia.com · Mon Dec 23 21:31:07 GMT 2024

रवि लामिछाने २ महिना प्रहरी हिरासतमा छँदा पनि कार्यवाहक दिइएन। कार्यवाहकका लागि उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले लागेका थिए। बरु रवि पत्नी निकिता पार्टीमा हावी भइन्।
रविको योजना थिए, कार्यवाहक सभापति विना नै पार्टी चलाउने। तर, परिस्थितिले यस्तो मोड लियो कि कार्यवाहक नदिइ नहुने स्थिति आइलाग्यो। सूर्यदर्शन सहकारी ठगीमा रविविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि लागेपछि सांसद पदबाट निलम्बनमा परे। त्यसपछि संसदीय दलको नेता र कार्यवाहक सभापति दिनुपर्ने अवस्था आइलाग्यो। रविले उपसभापति डिपीलाई कार्यवाहक सभापति दिएका छन्। लामिछानेले नै अर्याललाई कार्यवाहकको जिम्मेवारी दिनू भनेपछि सचिवालय बैठकले त्यसलाई अनुमोदन गरेको हो।सम्भवतः संसदीय दलका उपनेता विराजभत्त श्रेष्ठलाई संसदीय दलको जिम्मेवारी दिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)