मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने

rajdhanidaily.com · Mon Dec 23 23:01:14 GMT 2024

काठमाडौं । सहकारी ठगी प्रकरणसँगै सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएमा रास्वपा सभापति रवि लामिछाने पार्टी विधानअनुसार पार्टीकै सदस्य पनि हुन नपाउने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको विधानअनुसार विधानको धारा १३ मा पार्टी सदस्य हुन पाउने योग्यता तोकिएको छ । सो विधानअनुसार लामिछाने सम्पत्ति शुद्धीकरणमा अदालतबाट दोषी ठहर भएमा सदस्य हुनसमेत अयोग्य हुने देखिन्छ ।

विधानको व्यवस्थानुसार ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारप्रसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर, हत्यासम्बन्धी कसुर वा नैतिक पतन देखिने अभियोगमा सजाय पाएको’ व्यक्ति आजीवन रास्वपा सदस्य हुन अयोग्य ठहरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)