पार्टीको वैधानिकताबारे निर्वाचन आयोगसँग छलफल गर्छु : देउवा
nayapatrikadaily.com · Fri Aug 06 16:41:00 GMT 2021
नेपाली कांग्रेसका सभापति एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले भदौमा पार्टीको महाधिवेशन नगर्दा उत्पन्न हुने परिस्थितिबारे निर्वाचन आयोगसँग छलफल गर्ने बताएका छन्।
शुक्रबार साँझ १४ औँ महाधिवेशन गर्ने सुनिश्चितता गर्न माग गर्दै बालुवाटार पुगेका युवा नेताहरुसँग देउवाले यस्तो बताएका हुन्। ‘म सबै साथीहरुसँग सल्लाह गरेरमात्रै निर्णय लिन्छु। केन्द्रीय समितिको बैठक पनि बोलाएको छु। त्योभन्दा अगाडि नै निर्वाचन आयोगसँग पनि तुरुन्तै छलफल गर्छु,’ देउवाले भनेको उदृत गर्दै एक नेताले भने। देउवाले कोभिड–१९ को महामारीसमेत झन् झन् बढिरहेको अवस्था रहेकाले सबै कुरालाई ध्यान राख्दै अघि बढ्नुपर्ने अवस्था रहेको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)