मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रपति पौडेल स्विट्जरल्यान्ड जानुहुँदै

gorkhapatraonline.com · Tue Jun 11 00:03:39 UTC 2024

काठमाडौँ, जेठ २९ गते । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँले जेनेभामा हुन लागेको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्र अन्तर्गत आयोजना हुने ‘ग्लोबल कोलिसन फर सोसल जस्टिस फोरम’ को उद्घाटन समारोहमा भाग लिनुहुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले बिहीबार सो कार्यक्रमलाई सम्बोधन गर्नुहुने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)