मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जीबी राईलाई ससम्मान स्वदेश फर्काऊ, सुरक्षाको ग्यारेन्टी गर

barnanmedia.com · Sat Oct 26 22:10:58 UTC 2024

काठमाडौँ, ११ कात्तिक : यतिखेर जीबी राईले विश्वास गरी व्यवसायमा साझेदारी गरेका र विभिन्न व्यावसायिक पहलहरुमा महत्त्वपूर्ण जिम्मेवारी दिएका व्यक्तिहरु कोही थुनामा छन् भने कोही लुकेर बसेका छन् । लुकेर बसेकाहरु पनि प्रहरी निगरानीमा छन् । उनका साझेदारहरुमध्ये सबैभन्दा बढी चर्चित र हाईप्रोफाइल व्यक्ति भने रास्वपा सभापति रवि लामिछाने हुन् । लामिछानेले शक्तिको दुरुपयोग गरी लामो समय प्रहरी कारबाहीबाट जोगिने प्रयास गरे पनि कांग्रेस र एमाले सम्मिलित बलियो सरकार आएपछि उनको प्रयास विफल भएको छ । ढिलै भए पनि अनुसन्धानले गति लिएको छ र कानुनी प्रक्रियाले लय समाएको छ ।

जीबीकै अर्का साझेदार छविलाल बन्जाडे पनि प्रहरी हिरासतमा छन् । रवि लामिछाने र बन्जाडे एउटै प्रकरणमा समातिएका भए पनि ती दुईको भूमिका भने फरक छ । बन्जाडेले सूर्यदर्शन सहकारीबाट १० लाख रुपैयाँ लिएको र त्यो जीबी राईकै खातामा जम्मा गरेको बाहेक अरु प्रमाण फेला पर्न सकेको छैन । यदि यति नै कारण हो भने उनलाई हिरासतमै राखिरहनु नपर्ने भन्दै सर्वोच्च अदालतले उनका पक्षमा फैसलासमेत गरिसकेको छ । यद्यपि उनलाई बुटवलको सुप्रिम सहकारी प्रकरणमा पनि बयान लिइएको छ र सम्भवतः यी दुवै प्रकरणमा उनलाई प्रतिवादी बनाएर मुद्दा पनि चलाइँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)