मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘आशा गरेका’ स्वास्थ्यमन्त्री विवादमा तानिँदै 

baahrakhari.com · Mon Nov 15 01:00:00 GMT 2021

काठमाडौं । कोभिड–१९ को महामारीकाबीच आम नागरिकको आशलाग्दो मन्त्रीका रूपमा जिम्मेवारी पाएका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा आफ्ना पछिल्ला निर्णयहरूबाट विवादित बनेका छन् । विशेषगरी पछिल्लोपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा गरेको निर्णयले मन्त्री खतिवडा अहिले विवादमा तानिएका छन् ।

नेपालमा कोभिड–१९ को दोस्रो लहर मत्थर भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खतिवडालाई गत असोज २२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएको थियो । स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएलगत्तै खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढी ध्यान केन्द्रित गर्ने प्रतिक्रिया दिएका थिए । यतिमात्र नभई आफ्नो कार्यकालमा भ्रष्टाचार, अनियमितताबारे समाचार लेख्नु नपर्ने पनि उनले स्वास्थ्य पत्रकारहरूसँगको छलफलमा भनेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)