भिलद्वारा बाढी प्रभावितका लागि रु १ करोड सहयोग
barnanmedia.com · Fri Sep 11 14:20:39 GMT 2026

काठमाडौँ, २६ भदौ : एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ कम्पनीले भोटेकोशी बाढी प्रभावित परिवारको सहयोगका लागि रु १ करोड सहयोग गरेको छ ।
उक्त कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्नेगरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आज चेक हस्तान्तरण गरेको हो । बाढी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न अत्यावश्यक सामग्री, आपत्कालीन सहायता तथा अन्य राहत उपलब्ध गराउने कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)