मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राउत नेतृत्वको पहिलो न्याय परिषद् बैठकको सन्देश

barnanmedia.com · Sun Oct 27 22:32:48 UTC 2024

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा पहिलोपल्ट न्याय परिषद् बैठक आइतबार बसेको छ । पूर्वप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठका पालामा सिर्जित बार–बेन्च द्वन्द्वका कारण न्यायपालिकाको वातावरण र तनावग्रस्त र संशयपूर्ण भइरहेका बेला राउतले निकै संयमित तरिकाले बैठक बोलाएर सम्पन्न गरेका छन् ।

आइतबार राउतले कुनै विवादित विषय अघि सारेनन् । बारलाई संशय हुने गरी काम नगर्ने संकेत उनले गरेका छन् । आफ्नो अध्यक्षतामा बसेको पहिलो बैठकबाट उनले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि ३१ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गराए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)