काठमाडौं विमानस्थलमा उत्तरबाट जहाज अवतरण निषेध
ekantipur.com · Sun Mar 31 17:15:16 UTC 2024

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक मात्र धावनमार्गका दुवै विन्दुमा भइरहेको निर्माणका कारण यही अप्रिल–१ देखि बौद्धतर्फको उत्तरी विन्दु (२०) बाट तीन महिनालाई जहाज अवतरण गराउन नपाइने भएको छ ।
उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका एसोसिएटेड कार्यको विस्तार भइरहेकाले सोमबारदेखि तीन महिनालाई उत्तरी विन्दुबाट जहाज अवतरण गर्न रोक लगाइएको विमानस्थलभित्र पूर्वाधारमा कार्यरत ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ का निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले जनाए । ‘९० दिनभित्र उत्तरतर्फको धावनमार्गमा समानान्तर ट्याक्सी–वे निर्माण सक्ने योजना छ । त्यसपछि काठमाडौं विमानस्थलको धावनमार्गको क्षमता थप वृद्धि हुनेछ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)